बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै चुनाबी चहल पहल सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम समेत सुरु भएको हो । यसै क्रममा नेपाली कांग्रेस संस्थापन पक्षले रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ र प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आफ्नो समूहका उम्मेदवारी घोषणा गरेको छ ।
संस्थापन पक्षले रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ क्षेत्रिय सभापतिमा काजिमान श्रेष्ठ,क्षेत्रिय सचिबमा प्रजापाल गिरी र रामबहादुर थापा क्षेत्री तथा सह सचिबमा आनन्दभगत श्रेष्ठ र सीता क्षेत्रीलाई अगाडी सारेको छ । त्यस्तै रुपन्देही क्षेत्रनं २ (क) को सभापतिमा माधवलाल देवकोटा उप सभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिबमा देव प्रसाद खनाल र असिम थापा तथा सह सचिबमा भेषराज पोखरेल र र धनकुमारी खनाललाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । त्यसैगरी रुपन्देही क्षेत्रनं २ (ख ) को सभापतिमा रामेश्वर श्रेष्ठ,उपसभापतिमा प्रेम बहादुर बानिया र सर्बजित केसी,सचिबमा मिना जिसी र नारायण अधिकारी तथा सहसचिबमा नारायण खनाल र काशिराम शर्मा पौडेललाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी युवराज गिरीको सभापतित्व र नेपाली कांग्रेस रुपन्देहीका उप सभापति फणिन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उम्मेदवार घोषणा कार्यक्रममा पार्टीका जिल्ला सचिब रामकृष्ण खाँण, रुपन्देही क्षेत्र नं २ क्षेत्रिय सभापतिका उम्मेदवार काजिमान श्रेष्ठ, सचिब पदका उम्मेदवार प्रजापाल गिरी, क्षेत्र नं २ (क) का सभापतिका उम्मेदवार माधवलाल देवकोटा, क्षेत्र नं २ (ख) का सभापतिका उम्मेदवार रामेश्वर श्रेष्ठ,पार्टीका तिलोत्तमा नगरपालिका वडा नं ३ सभापति केशरी पाण्डे,पुर्व क्षेत्रिय सभापति हरीबहादुर आचार्य क्षेत्री लगायतले यो निर्वाचन पार्टीको आन्तरिक निर्वाचन भएकोले हारजितलाई सहज रुपमा लिएर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया