धनगढी । बाढी प्रभावित कैलालीका किसानले हिउँदे बालीको खेतीका लागि सरकारसँग सहयोग मागेका छनर । धानबालीमा भएको क्षतिका कारण कृषि सामग्रीको जोहो गर्न समस्या भएको भन्दै उनीहरूले सहयोग मागेका हुनर । गहुँको बीउ मात्रै सहयोग भए पनि ठूलो राहत हुने किसानको भनाइ छ ।
“हामीलाई तत्काल गहुँको बीउ र मलखादको खाँचो हो,” कैलारी गाउँपालिका–७ का कृषक रामदिन महतोले भने, “राहतको नाममा चिउरा, चामल चाहिँदैन । त्यसको सटरटा गहुँको बीउ मात्रै सहयोग गरिदिए हुन्छ । ”महतोले तीन बिघा जमिनमा लगाएको धानबालीलाई कात्तिक पहिलो साताको बाढीले बगाएर लगेको थियो । उत्पादित धानबाली गुमेकाले हिउँदे बालीको खेतीका लागि आवश्यक पर्ने बीउ, बिजन, मल र डिजलको जोहो गर्न समस्या भएको उनको भनाइ छ । “अरू वर्ष धान बेचेरै हिउँदे बालीको खेतीका लागि बीउबिजन, मलखाद जुटाउने गरेका थियौँ,” महतोले भने, “यो वर्ष धानै रहेन, के खाने भन्ने नै चिन्ता छ । ”
मुलुकमा तीन तहका सरकारका छनर तर बाढी प्रभावित आफूहरूले कुनै पनि तहका सरकारबाट सहयोग पाउन नसकेको किसानको गुनासो छ । किसानको चित्कारप्रति न सरकार न त राजनीतिक दलहरू नै गम्भीर देखिएको अर्का कृषक फूलराज चौधरीले बताए । “हाम्रो समस्या कसैले सुनिदिएको छैन,” उनले अगाडि थपे, “यदि मुलुकमा सरकार छ भने हामीलाई हिउँदे बालीको खेतीपातीका लागि सहयोग गरिदेओसर । ”
बाढीका कारण समस्या भएकाले मात्रै आफूहरू अर्काको मुख ताक्ने अवस्थामा पुगेको उनको भनाइ छ । यो सिजन मात्रै सहयोगमा गहुँको बीउबिजन पाएपछि अर्को वर्ष किसान कृषिका लागि सामग्री जुटाउन आफैँ सक्षम हुने चौधरीले उल्लेख गरे। “अहिले समस्या भएर मात्रै हामीले सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको हो,” उनले भने, “पछि सबै कुरा राम्रै भएमा आफ्ना लागि कृषि सामग्रीको जोहो हामी आफैँ गरिहाल्छौँ । ”
कृषकका अनुसार यो वर्ष तोरी छर्न अब ढिलो भइसकेको छ । तोरी छर्ने बेलामा बाढी आएपछि जमिन गिलो भएका कारण तोरी लगाउन नसकेको उनीहरूको भनाइ छ । अहिले गहुँ छर्ने बेला रहेको किसानले बताएका छनर तर कतिपयको खेतमा अझैसम्म पानी रहेको छ । जमिन नसुकेका कारण कैयौँले खेतै जोत्न सकेका छैननर ।कुबेलाको बाढीले धानबालीसहित तरकारीमा पनि थुप्रै नोक्सान गरेको किसानको भनाइ छ । बाढीले सखाप भएपछि गाउँघरमा तरकारीको अभाव भएको छ । “बारीमा रहेको कुनै पनि तरकारी बाँकी रहेन,” कृषक रामदिनले अगाडि थपे, “धानबालीको क्षतिको विवरण सङरकलन भयो तर तरकारीमा भएको क्षतिको भने कुनै लेखाजोखा भएन । ”
खेतमा लगाइएको आलु, लसुन, रायो, धनियाँ, काउलीजस्ता तरकारीलाई बाढीले नोक्सान गरेको किसानको भनाइ छ । बाढीले कृषिमा नोक्सानै नोक्सान गरेका कारण हिउँदे बालीको खेतीका लागि सहयोगको अपेक्षा गरेको उनीहरूले बताएका छनर । यसैबीच कैलारी गाउँपालिकाको कार्यालयले बाढी प्रभावित किसानलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको छ । सो गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले किसानलाई गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको हो ।
१० कटरठा जमिनको धान नोक्सान भएका किसानलाई ४० केजी, १० कटरठादेखि एक बिघा जमिनको बाली नोक्सान भएका कृषकलाई ८० केजी गहुँको बीउ दिइने सो गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए।यसैगरी एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने उनले बताए।
प्रतिक्रिया