काठमाडौं । आफ्नै कर्मचारीलाई बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित सरकारी निवासबाट महरालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि प्रहरीको गाडीमा जान नमानेका महरले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर महराले चढ्दै आएको बा १८ च ४०० नम्बरको रातोे रङको निजी गाडीमा हालेर प्रहरीले लगेको हो ।
महराले संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलत्कार गरेको कर्मचारी शाहीले हाम्राकुराडटकम मार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । महराको दसैं प्रहरी हिरासतमै वित्ने भएको छ, किनभने अदालत २८ गते मात्रै खुल्छ । अदालत नखुलुन्जेल प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्छ, त्ययसपछि अदालतमा म्याद थप गर्न पेसगर्छ ।
रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिएपछि मात्र उनको गिरफ्तारी भएको हो । महरा शाहीको कोठामा गएको पुष्टी भइसकेको छ । बलत्कारको आरोप लगाउने शाहीले पछि भने संचारमाध्यममा आफुले आवेगमा आएर आरोप लगाएको बताएकी थिइन् । तर,शुक्रबार उनले फेरी महरा विरुद्द उजुरी दिएकी थिइन् ।
महरालाई पक्राउ गर्नको लागि अदालतको अनुमति चाहिन्छ । आइतबार काठमाडौं जिल्ला अदालतले महराविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको होे। यसअघि पीडीत भनिएकी शाहीले शुक्रबार नै नयाँ बानेश्वर प्रहरी वृत्तमा जवरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन ।
त्यसपछि प्रहरीले महरालाई पक्राउको तयारी गरेको थियो। महरा असोज १२ गते आइतबार तीनकुनेस्थित शाहीको डेरामा पुगेको सिसिटिभी फुटेज प्रहरीले संकलन गरिसकेको छ । त्यहाँ महरा १ घन्टा १९ मिनेट बसेको भेटिएको थियो । घटना बाहिरिएपछि महराको सचिवायलले डेरामा जाँदै गएको भन्दै गलत तथ्यसहितको विज्ञप्ती समेत जारी गरेको थियो ।
फौजदारी अभियोगमा मुद्दा दायर भएसँगै उनको सांसद् पद समेत स्वतः निलम्बन भएको छ ।
स्रोतः क्लिकमान्डू
प्रतिक्रिया