असोज १८,
काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कारबाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन् । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै देउवाले सरकारप्रति रोष प्रकट गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कार्वाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दाबी गरे । सत्तारुढ नेकपाले ‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ । त्यस्तै पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको कुरा बाहिर आउँदा पनि ‘बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ?’ भनि देउवाले सरकारलाई प्रश्न गरे ।
‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भईरहेको छ,’ देउवाले भने, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन ।’ सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढ्दा समेत सरकारले नियन्त्रण गर्न नसकेको दाबी गरे ।
प्रतिक्रिया