काठमाडौँ । नोबेल पुरस्कार विजेता मलाला युसूफजईले विवाह बारे आफ्नो धारणा बदलिएको बारे स्पष्ट गरेकी छन् ।अहिल्लो साता मलालाले ब्रिटेनको बर्मिघम शहरमा असर मल्लिकसँग विवाह गरेकी थिइन् । २४ बर्षिय पाकिस्तानी अभियानकर्ता मलालाले पाकिस्तानी क्रिकेट बोर्ड अन्तर्गतको नेशनल हाइ परफरमेन्स सेन्टरमा जनरल म्यानेजर कार्यरत असर मल्लिकसँग विवाह गरेकी थिइन् ।
यसअघि विवाहका बारेमा आलोचनात्मक धारणा राख्दै आएकी मलालाले विवाह गरेपछि उनको आलोचना हुदै आएको छ ।ब्रिटिश फेशन म्यागजिन भोगमा एक लेख लेख्दै मलालाले आफुलाई विवाहमा विश्वास नभएपनि असर मल्लिकले आफ्नो धारणा बदलेको बताएकी छन् ।
मलालाले भनेकी छन्-
म ३५ बर्षको उमेर भन्दा अघि विवाह गर्न चाहन्नथे । पछिल्ला बर्षहरुमा मलाई कसैले सम्बन्ध र विवाहका बारेमा प्रश्न सोधेमा मेरो जवाफ यहि हुने गर्दथ्यो ।
म विवाहको विरुद्धमा थिइन तर विवाहलाई लिएर सतर्क भने थिए । एक संस्थाका रुपमा यसको पछाडी पितृसत्तात्मक जडलाई लिएर प्रश्न उठाउने गर्दथे । विवाहपछि महिलाले गर्नुपर्ने सम्झौता र कयौं ठाउमा यस सम्बन्धपछि जोडिने कानुन र संस्कृतिहरु महिला विरोधी सोचको परिणाम हुन् भन्ने मेरो धारणा हो ।
मलाई सफ्धई आफ्नो मानवता, स्वतन्त्रता र नारीत्व गुमाउने डर लागिरहन्थ्यो । यसैले मैले आफैले समाधान निकालेकी थिए की विवाहलाई नजरअन्दाज गर्ने निर्णय गरेकी थिए ।मसँग केहि शंका र प्रश्न नभएको भए मैले आफैलाई महिलावादी भन्न सक्ने थिएन ।एक रिपोर्टका अनुसार हरेक बर्ष १.२ करोडको १८ बर्ष भन्दा कम उमेरमा विवाह हुने गर्दछ । यसमा धेरै जसो महिलामा विवाह खुशीको सम्बन्ध हुदैन तर गुलामी हुने गर्दछ ।
म उतर पाकिस्तानमा हुर्केकी हुँ । जहाँ विवाह एक स्वतन्त्र जीवन जून विकल्प हो भन्ने सिकाइन्छ । यदि तिमीले पढाई गरेनौ भने, नोकरी गरेनौं भने, आफुलाई सक्षम बनाएनौं भने छिटो विवाह गर्नु पर्दछ । परीक्षामा फेल भएमा वा नोकरी नपाएमा विवाह गरिदिने चलन छ ।
मेरी एक साथि १४ बर्षको उमेरमा आम बनिन् । कैयौं बालिकाले परिवारले पढाउन नसकेआची पढाई छोडनु पर्यो ।
मेरो साथी, मेरो मेन्टर र अब मेरो पार्टनर असरसँगको कुराकानीले मलाई विवाह र सम्बन्ध बारे अझ बुझ्ने अवसर मिल्यो । कसरी विवाहपछि आफ्नो मुल्य, समानता, निष्पक्षताप्रति कायम रहन सकिन्छ भन्ने बारेमा मैले सिक्ने अवसर पाए ।
२०१८ को हर्मिमा आफ्ना साथीहरुलाई भेट्न असर अक्सफोर्ड आएका थिए । त्यहि हाम्रो भेट भएको थियो । उनी क्रिकेटको क्षेत्रमा काम गरिरहेका छन् । मसँग उनीसँग कुरा गर्ने धरै विषय थियो । उनलाई मेरो खुला कुरा गर्ने बानी मन पर्यो । हामी राम्रो साथि बन्यौं । हामीले एक अर्काका मुल्य र मान्यता एक रहेको पायौं र एक अर्कासँग अझ नजिकियौ ।
असरको रुपमा मैले एक असल साथी पाएकी छु । मसँग अहिले पनि ति सबै चुनौती, जो महिलाहरुले भोग्ने गर्दछन् त्यसको जवाफ छैन । तर मलाई यकिन छ की विवाहको सम्बन्धमा साथि, प्रेम र समानता पाउने छु । यसै कारणले नोभेम्बर ९ मा हामीले परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गर्यौं ।हामी यो सुखद सरप्राइजलाई सबैका अगाडी सार्बजनिक गर्न रोमान्चित थियौं, जसले हाम्रो चिन्ता गर्छन् । अनी हामी अगाडिको यात्राका लागि उत्साहित छौं ।
प्रतिक्रिया