ताजा अपडेट »

रोशनीले महराविरुद्ध उजुरी दिइन्, प्रहरीले पक्राउ गर्न सक्ने

शनिबार, १८ असोज २०७६

असोज १८,
काठमाण्डौं । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध प्रहरीसमक्ष उजुरी परेको छ । पीडित महिला रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएकी हुन् ।

जाहेरी परेसँगै महरालाई पक्राउ गरिने संभावना बढेको छ । प्रहरीले हाल घटनाबारे विस्तृतमा अध्ययन गरिरहेको छ । संघीय संसदमा कार्यरत शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपलगत्तै महराले सभामुख पदबाट राजीनामा समेत दिइसकेका छन् । शाहीले असोज १३ गते महराले आफूलाई बलात्कार गरेको भनेर विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । तर महराले सभामुख पदबाट राजीनामा दिएपछि उनले आफ्नो बयान फेरेकी थिइन् ।

पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।