काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँड–रक्सी नखान सुझाव दिएका छन् ।
‘तपाईंहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटेल गएर नखाई निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिन । तपाईंको स्वास्थ्यलाई पनि खराब गर्छ । म सझुाव दिन चाहन्छु– रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयू घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नु हुन्छ तपाईं ?,’ समाजवादी पार्टीको प्रेस संगठन घोषणा सभामा शनिबार बोल्दै नेपालले भने, ‘तपाईंको पैसाको दूरुपयोग हुन्छ । घर कलह सुरु हुन्छ । त्यसपछि तपाईंको खराब बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन ।’
उनले कम्युनिष्ट आदर्शमा विश्वास गर्ने पार्टीले कुरामा होइन व्यवहारमा काम देखाउनुपर्ने र राम्रो संस्कार हुर्काउनु पर्ने बताए।
प्रतिक्रिया