नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ ।
भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो । गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् । भारतमा कोरोना संक्रमित हुनेको संख्या नेपालको जम्मा जनसंख्या भन्दा बढी हो । नेपालको जनसंख्या पछिल्लो तथ्यांक वि.सं.२०६८ अनुसार करिब २ करोड ७० लाख रहेको छ ।-रासस /सिन्ह्वा
प्रतिक्रिया