ताजा अपडेट »

सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने

शनिबार, १८ असोज २०७६

असोज १८,
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छिन् । उनले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाएपछि प्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल पञ्चांग निर्णायक समितिले भनेअनुसार दसैँको टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा आफ्नी आमाबाट टीका ग्रहण गर्नेछिन् ।