ताजा अपडेट »

अदालतमा जालझेलको त्यो हद : ८० वर्षीय अधिवक्ताको अनुभव

शुक्रबार, २६ कार्तिक २०७८

गुल्मी । २०७२ साल बैशाख १४ गतेका दिन गुल्मीको सविक अर्जै गाविस–९ की २३ बर्षीया एक महिलाले आफु छिमेकी परपुरुषबाट बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीमा सोही महिनाको १६ गते जाहेरी दिईन् । प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गर्याे । उनका श्रीमान हरिबहादुर ( नाम परिवर्तन ) काम गर्न छिमेकी गाउँमा काम गर्न गएका थिए।

२०७२ बैशाख १२ गते गएको भूकम्पको डरले म बाहिर सुतेको बेला निज रामबहादुर ( नाम परिवर्तन ) आई आफूलाई जबरजस्ती करणी गरेको हो भन्ने ती महिलाले बयान दिइन् । प्रहरीले ती पुरुषलाई सोद्धा उनले जवरजस्ती करणी नभई, हो मैले उनीसंग सहमतिमा शारीरिक सम्पर्क राखेको बताए । तर,पनि जाहेरवाला महिलाको बयानका आधारमा प्रहरीले जवरजस्ती करण मुद्धा दर्ता गर्याे । जिल्ला अदालतले आरोपी ती पुरुषलाई बैशाख १७ गते मुद्दा पूर्वक्षका लागि कारागार थुनामा पठायो । ति पुरुषले यसरी बयान दिदै गएकी –‘ म उनैले साँझा बोलाएर उनको घरमा गएको थिएँ ।

उनी दुई सन्तान सहित बाहिर सुतेकी थिइन् । एक घण्टा जति गफहरु गरेर बस्यौं । त्यस पछि मैले शाररिक सम्वन्ध राख्ने प्रस्ताव गरें । उनले साथमा ढाल लिएर आएका छौं भनेर सोधिन् मैले छैन भने । त्यस पछि उनी भित्र छ म लिएर आउँछु भनेर घर भित्र पसिन र उनले ढाल दिए पछि सहमति मै त्यस्तो सम्वन्ध राखिएको हो । पछि उनै महिलाले हो , हाम्रो त्यसरी सहमति मै शाररिक सम्बन्ध भएको हो, तर कसैको लहलहीमा लागेर जवरजस्ती करणकीको मुद्धा दिएकी हुँ भनेर बयान फेरिन् ।

अदालतले बैशाखबाट थुनामा राख्न आदेश दिएका ति आरोपी झण्डै १ बर्ष सम्म थुना मै रहे । २०७२ साल फागुन २३ गते जबरजस्ती करणी मुद्धा प्रमाणित भएन र अदालतले उनलाई सफाई दिएर उनी थुनामुक्त भए । सवाल यो छ कि महिनौ वा बर्षऔं सम्म त्यस्ता कुनै निर्दोष कारागारको सजाय पाउँदा राज्यले क्षतिपूर्ति दिनेकी नदिने ? अथवा निर्दोषहरुले समेत कसैको जालझेल षडयन्त्रमा परेर आरोप खेप्दा खुल्ला कारागारको अवधारणबाट अनुसन्धान अगाडि किन नबढाउने ? यी र यस्ता तमाम मुद्दाका सवाल उठाउँछन् गुल्मीका एक पुराना कानून ब्यवसायी ।

४५ वर्षदेखि निरन्तर गुल्मी जिल्ला अदालतको अधिवक्ताको पेशा सम्हाल्दै आएका ब्यक्ति हुन् ८० वर्षीय प्रेमराज आचार्य । यस अवधीमा उनले निकै अचम्भ –अचम्मका मुद्दाहरु हेरेको पेहरिस्ता सुनाउँछन् । कतै राजनीतिक कारणवस जघन्य महिला हत्या काण्डमा एक जना निर्दोषलाई फसाइएको र कतै निर्दोष महिलालाई वर्षौंसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म दुःख दिइएको लगाएतका अनुभवहरु पस्किन्छन् उनी। छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ छत्रगञ्जमा विक्रम सम्वत १९९८ साल बैशाख २७ गते जन्मिएका आचार्यले २०२८ सालमा सर्वाेच्च अदालतबाट अभिकर्ताको रुपमा कानून ब्यवसायीको प्रमाण पत्र प्राप्त गरेको बताउँछन् ।

जति बेला रत्नबहादुर बिष्ट प्रधानन्यायधिश रहेको उनी स्मरण सुनाउँछन् । त्यति बेला सर्वोच्च न्यायलय भनिन्थ्यो । २०१२ सालमा गुल्मी , अर्घाखाँची इस्मा ईलाका अदालत रहेको र २०३४ सालमा गुल्मी जिल्ला अदालत स्थापना भएको उनको भनाई छ । उनी २०२८ सालमा आएर अभिवक्ता भए थिए । बल्ला २०५८ साल देखि अधिवक्ता भएको उनले सुनाए । २०२० साल भदौ १ गते मुलुकी ऐन प्रारम्भ हुनु भन्दा पहिले सम्मको अदालती अनुभव संगालेका आचार्यले अहिले आएर सबै भन्दा अनौठो र डर लाग्दो मुद्दा भनेकै जवरजस्ती करणी सम्बन्धी मुद्दा ठान्छन् ।

आचार्य भन्छन्–‘ मैले कानून ब्यवसायीको काम थालेको २–३ दशक ताकासम्म वर्षमा एका–दुई हाडनाता करणी र घटी बढी करणीका मुद्दा आउँथे । जसलाई निकै डर लाग्दो मुद्दा ठानिन्थ्यो र सुन्ने जतिले जिब्रो टोक्थे। अहिले त दिनहुँजसो बलात्कारको मुद्दा मात्रै बढी आउने गरेका छन् । पुरुषले महिलालाई जबरजस्ती करणी गर्नै नपर्ने, महिलालाई छोयो,चलायो वा उनी महिला बोल्यो मात्रैपनि बलात्कार मुद्दा प्रमाणित भई हाल्ने अरु प्रमाण केहि नचाहिने।’

उनले यस्तै रहे बलात्कार मुद्दाले मात्रै जेल भरिने चिन्ता प्रकट गरे।अदालत सुरु भए पछि २०५० को दशक सम्म जिल्ला अदालतको अभिलेखालयमा पुगेर हेर्दा पनि बलात्कारको घटना निकै कम हुने गरेको देखियो। ब्यक्ति हत्याको घटना २÷४ वर्षको अन्तरालमा एकादुई मात्र भएको भेटियो । साँध–सिमाना , अंशमुद्धा , जारी मुद्दा , कुटपिट , झै–झगडाका मुद्धा बर्षमा एकादुई मात्रै तर लेनदेन मुद्दाले सबै भन्दा बढी ५० को दशकसम्म अदालतको काममा चाप पारेको पाइयो। जस्तै साउन १ गते लेनदेन सम्वन्धी परेको मुद्दा साउन ३१ गते सम्म पनि शिर्षक प्रायः ऐऐ रहेको देखियो । त्यतिबेला गाउँका साहु महार्जनहुरु सय कडा ५ , सय कडा १० सम्मको ब्याज अशुल्ने , त्यस पछि ६ ÷ ६ महिनामा ब्याजको स्याज गराउने। अनि गरिवले तिर्न मानेन भने अदालतमा आएर मुद्दा दिएर घर–खेत बनाउँथे ।

त्यसैको चित्र देख्न सकिन्छ अदालको अभिलेखमा । त्यो लेनदेन मुद्दाको चाङ देख्दा हिजोको जाली फटाहहरुले कति लुटे होलान् गरिबहरुलाई भन्ने लाग्छ । अधिवक्ता आचार्य भन्छन्–‘ रकम लेनदेन कै मुद्दाले उति बेला अदालत भरिन्थ्यो । अहिले माया–प्रेम लेन देनको मुद्धाले भरिदै छ अदालत । उमेर नपुगी माया प्रेम सम्वन्ध राख्छन्, त्यसपछि भागि विवाह गरेपनि बलात्कार मुद्दा , मायाले गालामा म्वाँई खाए पनि बलात्कारका मुद्धामा कलिला युवाहरु जेल जान्छन् ।’

उनले उतिबेलाका गाउँका कतिपय जाली–फटाहरु मुद्दाबिना बस्नै नसक्ने खालका भएको र त्यस्ता केहि मानिसहरु मध्ये कतिपयले ४०÷ ५० वटासम्म मुद्धा लडेको र कतिपयले , कतिपयलाई दुःख दिन कै लागि अरुलाई मुद्दा हाल्न उक्साउने गरेको समेत अनुभव सुनाउँछन् । उनले आफूले गरेका मुद्दामा कानुनतः अदालतबाट न्याय–निसाफ प्राप्त भएमा आफूलाई गौरव लाग्ने तर, कानूनको गलत ब्याख्या भएर फैसला हुँदा ज्यादै दुःख लाग्ने गरेको सुनाउँछन्।

सुरुवाती दिनहरुमा एउटा मुद्दा १५ रुपैयाँदेखि ५० रुपैयाँसम्म हेर्ने गरेको बताउने आचार्यले अहिले निर्धारित पारिश्रमिकका अलवा मुद्दा जिते थप रकम पनि दिने मुद्दा हारे दिनुपर्ने पारिश्रमिक पनि नदिई जाने गरेको गुनसो गर्छन्। उनको यति लामो न्यायिक क्षेत्रमा जिल्लामा सबै भन्दा ठूलो हत्याकाण्ड २०४० को दशकताका रेसुङ्गाको जंगलमा भयो । अर्को गुल्मीको इस्मा गाउँपालिकामा रामराज्य माविको शिक्षकको हत्या काण्ड भयो । अर्खले गर्भधारण पछि महिलाको हत्या , हालको रेसुङ्गा नगरपालिका ९ मा एउटी महिलाको हत्यामा एक जना निर्दोष पुरुषलाई फसाइयो । उनी ६ वर्षसम्म जेल बसेपछि सर्वोच्चबाट निर्दोष सावित भए तर उनले राज्यबाट पाउनु पर्ने क्षति अहिलेसम्म पाउन सकेका छैनन् ।
एक मात्र श्रीमती तर, दुई वटी बनेर आए

अधिवत्ता आचार्य भन्छन्–‘मिति ठ्याक्कै हेक्का भएन । केहि वर्ष अघिको कुरा मैले अहिलेसम्म हेरेका मुद्दा मध्ये सबैभन्दा अनौठो र जालझेलको हद् नाघेको एउटा मुद्दा छ । जुन मुद्दामा एउटी गरिब र एकल महिलाले वर्षौसम्म अदालत धाएर दुःख पाएकी थिइन् । गुल्मीको साविक सिमिचौर गाविसकी महिला हुन् उनी । रेनु पाण्डेकी श्रीमती कहिँ हिमाकला र कहिँ खिमाकला पाण्डे लेख्ने गरेकी रहिछन् । आफ्नो पतिको मृत्यु भएपछि एक कित्ता जग्गा बिक्रि गर्दा खिमकला पाण्डेको नामबाट बिक्री गरिछन्।

जग्गा नापी हुँदा पुर्जामा हिमकला पाण्डेको नाम रहेछ । सो कुरा उनका छिमेकी विरोधी पक्षका मानिसहरुले थाह पाएछन् र खिमकलाको नामबाट बिक्री गरेको राजीनामा नक्कल मालपोतबाट उतार गरी एउटा किर्ते सहि छापको लिफा कागज गराई रेनु पाण्डेका दुई श्रीमती भए मध्ये म जेठी श्रीमती हिमकला हुन् , कान्छि म खिमकला हुँ , मेरो मञ्जुर नलिई मेरो नामको जग्गा हिमकलाले बिक्री गरिछन् । लिखत बदर गरि पाउँ भनि गुल्मी जिल्ला अदालतमा किर्ते लिफा वारेसनामा खडा गरि मुद्दा दर्ता गराएछन् ।

पछि हिमकलाले प्रतिउत्तर दिँदा रेनु पाण्डेको श्रीमती म मात्रै हुँ । म बाट ५ भाई छोरा भएका छन् । पतिको मृत्यु भयो । अरु श्रीमति छैनन् । यिनी उजुर दिने ब्यक्तिलाई मैले देखे चिनेको छैन । मैले देख्न चिन्नका लागि सनाखत गराई पाउँ भनि प्रतिउक्त फिराएकी थिईन् ।अदालतले कार्बाही गर्दै जाँदा वादीले वारेस दिने कारणी स्वयमलाई उपस्थित गराउनु भन्ने आदेश भयो र निज वारेसलाई तारेख छाडि दिँदा मुद्दा डिसमिस फैसला हुँदा वादी खिमकला पाण्डेलाई रु ३५ सय जरिवानाको लगत काटिए पछि सो रकम अशुल गर्न डोर खटाई जाँदा खिमकला भन्ने ब्यक्ति गाउँमा फेला परेन र अशुल गर्न सकिएन भन्ने प्रदेवेदन अदालतलाई दिँदा तहसिलदारल खिमकला भने पनि हिमकला भने पनि रेनु पाण्डकी श्रीति म मात्रै हुँ भनि प्रति उत्तर दिएकीले वादी खिमकलालाई लागेको जरिवाना प्रतिवादी हिमकलाबाटै असुल गर्ने आदेश पाउँ भनि न्यायधिश समक्ष प्रतिवादी पेश गर्ने न्यायधिशज्युले सो प्रतिवादी सदर गर्ने , अदालतबाट डोरा खटाए छन् ।

अधिवक्ता आन्यायको लागि यति सानो कुरामा यति ठूलो संघर्ष गर्नु परेको ती निमुखा महिलाले आर्थिक अवस्था कमजोर देखाएकीले यी सबै काम कानून ब्यवसायीहरुको सहयोगबाट न्याय प्राप्त भएको हो । यस सम्बन्धमा अदालत निरक्षणका लागि पटक पटक पुनारावेदन अदालतमा , क्षेत्रिय अदालतबाट निरक्षण आउँदा पनि यी कुरा सबै जाहेर हुँदै आएको छ । अधिवक्ता आचार्य भन्छन्–‘यो २०४० साल देखि २०४७ सालसम्म ती महिलाले सास्ती खेपेको मुद्दा हो । हिमकला लेख्नु पर्नेमा लेखान्दासले खिमकला लेखाई दिए । त्यो कुरा त्यति बेला गाउँका फटाहरुले थाह पाएर नक्कली श्रीमती खिमकला अगाडि सारेर मुद्दा दिएर अनाहकमा एउटी गरिब र निर्दोष महिलालाई ७ वर्षसम्म दुःख दिए । जुन मुद्दा हिमकलाको तर्फबाट मैले लडेको हुँ । ७ वर्ष पछि भए पनि उनले न्याय पाएकोमा गर्भ महशुस हुन्छ।’