ताजा अपडेट »

प्रमोदको स्वरमा 'एकै चोटी मारन ओए' गीत बजारमा

शुक्रबार, २६ कार्तिक २०७८

काठमाडौं । आधुनिक गीतसंगीत जगतका चर्चित गायक प्रमोद खरेलको स्वरमा एकै चोटी मारन ओए बोलको गीत बजारमा आएको छ । उक्त गीत पुरुषोत्तम पौडेल युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो । उमंग म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा प्रेमी जोडी बिछोडीएको बिषयलाई उठ्ठान गरिएको छ । गीतमा प्रेमीले बिछोडको पिडा सहन नसकेको र एकै चोटी मार किन पलपल मार्छौ भन्ने भाव झल्काईएको छ ।

चर्चित नायिका शिल्पा पोख्रेल र गायक तथा मोडल पुरुषोत्तम पौडेलको अभिनय रहेको गीतमा खल पात्रको भुमिकामा पत्रकार कृष्ण पहाडी छन् भने आमाको भुमिकामा रिता भट्टराई छिन् । गीतमा शिल्पा र पुरुषोत्तमको प्रेम सम्बन्ध रहेको र अन्तत शिल्पाको बिवाह जबरजस्ति कृष्णसँग भएको देखाइएको छ ।

शिब पौडेलको शब्द रहेको गीतको संगीत ऋषी खड्काले गरेका छन् । कमल सौरागको एरेन्ज रहेको गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका छन् । गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा भएको उत्पादक कम्पनी उमंग फिल्मस् नेपालले जनाएको छ । कपिल लामाको निर्देशन रहेको गीतको छायाङ्कन अजय रेग्मीले गरेका छन् । पौडेलको सम्पादन रहेको गीतमा कलर तथा भिएफएक्स भने बिकास ज्ञवालीको रहेको छ ।

https://youtu.be/murFT4feP2c