ताजा अपडेट »

नेपालभरिका एम्पायर्स र स्कोरर्स बुटवलमा

शुक्रबार, २६ कार्तिक २०७८

भैरहवा । नेपाल भरिका एम्पायर एवम स्कोररहरु बुटवलमा जम्मा भएका छन । नेपाल एम्पायर्स एण्ड स्कोरर्स एसोसियसन अफ नेपालको प्रथम साधारण सभा एवम अधिवेशनमा सहभागी हुना उनिहरु बुटवल आइ पुगेका हुन ।

कार्यक्रमका प्रमुख अतिथी नेपाला क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले क्रीकेटसंग आश्रीत सबै क्षेत्रको समग्र बिकासको लागि संघ अगाडि बढेको बताए । उनले क्रीकेट खेल्ने खेलाडीको भविष्य केही सुनिश्चित भए पनि यस संग आश्रीत अन्यको अवस्था भने अझै पनि अन्यौलमै रहेको बताए । मल्लले एम्पायर्स र स्कोरर्सहरुको यसै पेशाबाट दैनिकी धान्ने अवस्था नरहेकोले उनिहरुको पेशा धरापमा परेको बताए । यसर्थ क्रिकेट खेल्ने खेलाडी मात्र हैन यस संग सम्बन्धित सबैको आर्थिक सुनिश्चितताको लागि नेपाल क्रीकेट संघ लागि परेको मल्लको भनाइ थियो ।

यस्तै नेपाल एम्पायर्स एण्ड स्कोरर्स एसोसियसन अफ नेपालका अध्यक्ष बुद्धि बहादुर प्रधानले टेस्ट नखेल्ने रास्ट्रबिच एम्पायरहरुको आदान प्रदान सुरु गरेको बताए । उनले पहिलो पटक यसको सुरुवात मलेसिया र नेपाल बिच भएकोले यसलाई निरन्तरता दिइने बताए । प्रधानले नेपाल क्रिकेट संघ भर्खर सक्रिय हुन लागेकोले सबै एम्पायर्स र स्कोररले संघलाई सहयोग गर्ने प्रतिवद्द्ता समेत जनाए । नेपाल क्रिकेट संघ लामो समयको निलम्बन पछि अहिले बल्ल बिस्तारै अगाडि बढेकोले यसमा केहि समय लागे पनि एम्पायर्स एवम स्कोररलाइ हतास नहुन उनले आग्रह गरे ।

नेपाल एम्पायर्स एण्ड स्कोरर्स एसोसियसन अफ नेपालको तदर्थ समितिका अध्यक्ष बुद्धि बहादुर प्रधानको अध्यक्षता नेपाल क्रीकेट संघका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा राखेपबाट नेपाल क्रीकेट संघका केन्द्रिय सदस्य धर्मराज गिरि, हरि बहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन तदर्थ समितिका सचिव सन्जय गुरुङको सन्चालन एवम समीर खानको स्वागतमा सम्पन्न भएको थियो ।

नेपाल एम्पायर्स एण्ड स्कोरर्स एसोसियसन अफ नेपालको प्रथम साधारण सभा एवम अधिवेशनले नया कार्यसमिती समेत चयन गर्नेछ । यसको लागि देशभरिका ७० जना एम्पायर्स एवम स्कोरर बुटवल आइपुगेका हुन ।