ताजा अपडेट »

तिलोत्तमा आगलागी : ७ घण्टापछि नियन्त्रणमा, २ करोड बढी क्षति

शुक्रबार, २६ कार्तिक २०७८

बटवल । रुपन्देहीको तिलोत्तमास्थित एक फनिर्चरमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको छ । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको कनौजे ट्रेडर्समा बिहीबार साँझ साढेँ ५ बजेदेखि लागेको आगो मध्यराति १२ बजेपछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि २ करोड बढी क्षति अनुमान गरिएको तिलोत्तमा–१३ का अध्यक्ष गणेश न्यौपानेले बताए । फर्निचरमा रहेका सबै काठ जलेर नष्ट भएको उनले बताए ।

आगो निभाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र भलवारीमा रहेको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको दमकल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।