ताजा अपडेट »

स्व. रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेष्ट पावरलिफ्टिङ्ग मिट आयोजना हुँदै

विहीबार, २५ कार्तिक २०७८

बुटवल । ‘स्वस्थ शरीर भित्र स्वस्थ मस्तिष्कको हुन्छ’ भन्ने मूल नाराका साथ नेपाल पावरलिफ्टिङ्ग संघले माघ २८ र २९ गते स्वर्गीय रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेष्ट पावरलिफ्टिङ्ग मिट २०७८ आयोजना गर्ने भएको छ ।

यस प्रतियोगितामा पुरुष तर्फको खेल जम्मा ६ वजन समूह अन्तर्गत खेलाइने आयोजकले जनाएको छ । जसमा ५९ के जी भन्दा मुनि , ५९.१ देखि ६६ केजी, ६६.१ देखि ७४ केजी, ७४.१ देखि ८३ केजी, ८३.१ देखि ९३ र ९३ केजी भन्दा माथि रहनेछ । महिला तर्फ ५५ केजी भन्दा मुनि, ५५.१ देखि ६५ के जी सम्म र ६५.१ भन्दा माथि गरेर ३ वजन समूहमा खेलाइने छ ।

पूरुष मास्टर्स तर्फ ४५ बर्ष भन्दा माथी उमेर समूहमा मात्र प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा महिला, पुरुष र मास्टर्स गरी जम्मा १० समूह रहनेछ । यस प्रतियोगितामा नेपालभरिका विभिन्न जिम क्लब तथा संघसंस्थाबाट करिब १५० जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन माघ २८ गते शुक्रबार सम्पुर्ण खेलाडीहरूको तौल लिने, प्रतियोगिताको नियमको बारेमा जानकारी गराइने र पहिलो दिनको प्रतिस्पर्धा आयोजना गरिनेछ । दोस्रो दिन माघ २९ गते शनिबार प्रतियोगिताको बाँकी प्रतिस्पर्धा लगायत फाइनल प्रतिस्पर्धा हुनेछ । फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगद सहित क्रमश स्वर्ण, रजत तथा काँश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिने छ । प्रत्येक वजन समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार ५ हजार तथा ३ हजार नगदले पुरस्कृत गरिनेछ ।

यस प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरु बिच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीहरुलाई उपाधिका साथै नगद रु ५१००० ( एकाउन्न हजार ) पुरस्कार तथा ट्रफीले पुरस्कृत गरिनेछ । यसरी ओभरअलमा बिजयी हुने महिला तथा पुरुष खेलाडीहरुले जम्मा नगद रु ६१००० ( एकसठ्ठी हजार ) प्राप्त गर्नेछन । प्रतियोगिताको अनुमानित बजेट १५००००० ( पन्ध्र लाख ) को हुनेछ ।
बिजेता खेलाडीहरुलाई नेपाल पावरलिफ्टिङ्ग संघको पहलमा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन अन्तराष्ट्रिय संघहरु संग समन्वय गरि खेलाडीहरुलाई यसै बर्ष देखि सहभागिता गराइनेछ ।

प्रतियोगिताको प्रायोजकहरुमा स्वर्गीय रुप कार्की फाउण्डेशन तथा विभिन्न संघसंस्थाहरू रहेका छन । प्रतियोगिता काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने फेसबुक मार्फत लाइभ समेत गरिनेछ ।

नेपाल पावरलिफ्टिङ्ग संघले ऐतिहासिक रुपमा १०० भन्दा बढी खेलाडीहरुको सहभागितामा नेपाल पावरलिफ्टिङ्ग संघले गत २०७७ चैत्र २७ शुक्रबार र २८ शनिबार दशरथ रंगशाला स्थित कभर्डहलमा स्वर्गीय रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावरलिफ्टिङ्ग मिट २०७७ भब्यताका साथ सफल रुपमा आयोजना गरीसकेको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ सुकदेव कार्की र महिला तर्फ ज्योति थापा ओभरअल बिजेता बनेका थिए ।