ताजा अपडेट »

दिल्लीमा आतंककारी आक्रमण हुन सक्ने चेतावनी, बढ्यो सुरक्षा अलर्ट

विहीबार, १६ असोज २०७६

असोज १६,
नयाँ दिल्ली ।पाकिस्तानको आतंककारी संगठनले भारतको राजधानी नयाँ दिल्लीमा आक्रमण गर्ने योजना बनाएको भारतीय सुरक्षा निकायले आशंका गरेका छन्। भारतीय गुप्तचर एजेन्सीका अनुसार पाकिस्तानी आतंकवादी संगठन जैश-ए-मोहम्मदले आक्रमणको तयारी गरेको हो।

नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको भारतीय गुप्तचर एजेन्सीको आशंका छ। रिपोर्टअनुसार आतंककारीले रेलवे स्टेसन, बस बिसौनी र भीड हुने पसल क्षेत्रलाई निशाना बनाउन सक्ने दैनिक भास्करले जनाएको छ। सुरक्षालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले बुधवार रातिबाट सुरक्षा व्यवस्था कडा पार्ने र केहीलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ। अमेरिकाका सहायक रक्षामन्त्री रैंडल साइबरले यस मामलामा जम्मू कश्मीर विवाद दोषी रहेको बताएका छन्। उनले जम्मू कश्मीरमा भारतले संविधानको ३७० अनुच्छेद हटाएकाले आतंककारी हमला हुन सक्ने बताएका हुन्।

पाकिस्तानी आतंककारीलाई कसरी सामना गर्ने चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन्।  नरेन्द्र मोदीको सरकारले कश्मीरलाई विशेष राज्यको दर्जाको प्रावधानसहितको संविधानको धारा ३७० लाई खारेज गरी जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन र केन्द्रशासित प्रदेश बनाएपछि विवाद चर्किंदै आएको छ।