बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी झुण्डिएको अवस्थामा फेला मृत परेकी छिन् । मृत फेला पर्नेमा सैनामैना–७ देउवापारकी २० वर्षीया इशा थारु रहेकी छन्।
बिहीबार राति सुतेकी थारु शुक्रबार बिहान झुण्डिएको अवस्थामा भेटिएको उनको परिवारले जनाएको छ । बिहान अबेलासम्म उठेर ढोका नखोलेपछि उनलाई झुण्डिएको अवस्थामा परिवारले देखेको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली पुगेको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
उनका अनुसार मृतक किशोरीको शव परिवार र जनप्रतिनिधिको रोहवरमा पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ।
प्रतिक्रिया