काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि जनगणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मलेन गरेर सो क्षेत्रमा जनगणना हुने बताएको हो ।
सुरुमा कूटनीतिक माध्यमबाट सोही क्षेत्रमा गएर नै जनगणना गर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । त्यो सफल नभए सेटलाइटका माध्यमबाट जनगणना गर्ने विभागको तयारी छ । ‘उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ, त्यो असफल भए सेटलाइटका माध्यमबाट भए पनि सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ ।’श्रेष्ठले भने ।
राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण जनगणना केही समय ढिला भएको थियो ।
प्रतिक्रिया