ताजा अपडेट »

पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्छः गृहमन्त्री खाँण

बुधबार, २४ कार्तिक २०७८

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनु पर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले गृृहजिल्ल्ला रुपन्देहीमा नेपाल महिला संघले आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा बोल्दै गठबन्धनको सरकार बचाउँदै स्थानीय तथा आम निर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताएका हुन् ।

वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको बताउँदै खाँणले कांग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि लैजान र पहिलो पार्टी बनाउन पनि गठबन्धन बचाँउदै अगाडि बढ्नु पर्ने बताए।