ताजा अपडेट »

योग गुरू रामदेव काठमाडौं आउँदै

बुधबार, २४ कार्तिक २०७८

काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।