असोज १५,
कश्मीर । गान्धी जयन्तीको अवसरमा भारतप्रशासित जम्मु कश्मीर प्रशासनले जम्मुका नेताहरुको नजरबन्द फुकुवा गरेको छ। धारा ३७० खारेज गरेर कश्मीरका विशेषाधिकार खोसेपछि त्यहाँका नेताहरुलाई नजरबन्द गरिएको थियो।
पूर्वमन्त्री तथा डोगरा स्वाभिमान संगठन पार्टीका अध्यक्ष चौधरी लाल सिंहलगायतका नेताहरुले प्रशासनले नजरबन्द गरेको थियो। त्यस्तै नेशनल कन्फ्रेन्स, कांग्रेसलगायत पार्टीका नेताहरुलाई पनि नजरबन्द गरिएको थियो। अब सबै विपक्षी दलका नेताहरुको नजरबन्द फुकुवा भएको छ। गत ५ अगस्तदेखि उनीहरु नजरबन्दमा थिए। एजेन्सीहरुको सहयोग
प्रतिक्रिया