ताजा अपडेट »

सहमति पछि कृषि प्राविधिकहरुको आन्दोलन स्थगित

बुधबार, १५ असोज २०७६

असोज १५,
काठमाण्डौं । कृषि मन्त्रालय र आन्दोलनरत कृषि प्राविधिकहरुबीच ६ बुँदे सहमति भएपछि उनीहरुको आन्दोलन स्थगित भएको छ । कृषि मन्त्रालयले एक गाउँ एक प्राविधिकको सम्बन्धमा सहमति जनाउँदै मंगलबार  ६ बुदेँ सहमति गरेपछि आन्दोलन स्थगित भएको हो ।

विगत १० दिनदेखि एक गाउँ एक कृषि प्राविधिक अन्तरगत काम गरिरहेका  देशभरका प्राविधिकहरु सरकारले प्राविधिकलाई यो वर्ष देखि निरन्तरता नदिएको भन्दै आन्दोलनमा थिए । तर सरकारले कृषि र पशु प्राविधिकको माग सम्बोधन गर्ने र उनीहरुको सम्बन्धमा उपयुक्त निर्णय गर्ने कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले बताए । कृषि र पशु प्राविधिकसँग भएको सम्झौता कात्तिकको पहिलो सातासम्म कार्यान्वयन गर्ने सहमति भएको जनाइएको छ ।