असोज १५,
बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार एक कार्यक्रमको आयोजना गरि विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रममा वोल्ने वक्ताहरुले चाडपर्वलाई सामाजिक सद्भावलाई दरिलो बनाउने अवसरका रुपमा लिदै सबै धर्म र जातजातीको साझा पर्वका रुपमा मनाउन सकिने गरि मनाउनु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले चाडपर्व परम्परा र संस्कृतिको जगे्रना गर्ने गरि र सवैको पहुँचको रुपमा मनाउन सकिनु पर्ने धारणा राखे । होटल व्यवसायी महासंघ प्रदेश पाँचका उपाध्यक्ष महेन्द्र श्रेष्ठले गरिबीको नाममा धर्म परिवर्तन गर्ने होडवाजीलाई नियन्त्रण गर्नु पर्ने बताउँदै संस्कृतिको संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिए । संघका वरिष्ठ उपाध्यक्ष जीवनप्रसाद श्रेष्ठको अध्यक्षता तथा महासचिव माधव कुमार खनालको संचालनमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष वाबुराम गौतम द्धितीय उपाध्यक्ष रोमकान्त पाण्डे, सचिव मोहन पाण्डे, संघका प्रेस सल्लाहकार यमलाल भुसाल, कार्यसमिति सदस्य अर्जुन थापा कार्यालय सचिव टिका ज्ञवाली लगाएतले नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली, नेपाल संवत र छड पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वले सबैमा नयाँ सोच र काम गर्ने जाँगर प्राप्त हुन सकोस भन्दै संस्कृतिको संरक्षणमा एक जुट हुनु पर्ने धारणा राखे ।
प्रतिक्रिया