ताजा अपडेट »

रुपन्देहीमा हराएका १७ मोबाइल भेटिए

मंगलबार, २३ कार्तिक २०७८

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हराएका मोबाइलहरु फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएको छ । विभिन्न मितिमा हराएका १७ वटा मोबाइल फेला पारी मँगलबार सम्बन्धित धनिहरुलाई बोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

मोबाइलको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी सीमकार्ड राखी प्रयोग गरिएकै अवस्थामा बरामद गरीएको थियो । मोबाइल हराएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आएमईआई नम्बरसहित उजुरी गरेको अवस्थामा उक्त मोबाइलको लोकेश पत्ता लगाई फेला पार्न सकिन्छ ।