ताजा अपडेट »

चोरी आतंक हल्ला मात्रै, ढुक्कसँग चाडपर्व मनाउन अपिल

बुधबार, १५ असोज २०७६

असोज १५,
गुल्मी । गुल्मीमा केहि दिनयता बिभिन्न स्थानमा भएको चोरीका घटनाप्रति जिल्ला प्रशासनले ध्यानाकषर्ण भएको जनाएको छ । जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हुनेगरेको हल्लाले आम नागरिक त्रसित भइरहेको बेला प्रशासनले घटना निराधार हल्ला मात्रै भएको दाबी गरेको छ ।

दशैैं नजिकिएसँगै बिभिन्न स्थानबाट आफनो गनतव्यतर्फ पुग्न फर्किने क्रम पनि बढेको छ । यो बेला जिल्लामा चलेको चोरी हल्लाले पर्व मनाउन आउनेहरुलाई चिन्ति बनाइरहेको छ । चोरी हल्लाले गाउँमा नयाँ अपरिचित मानिस देख्न साथ संका गर्ने र त्रसित हुनेसम्मको अबस्था सृजना भएको छ । तर, जिल्ला प्रशासन कार्यालय गुल्मीले मँगलबार एक विज्ञप्ति जारी गर्दै जिल्लाका बिभिन्न स्थानीय तहका टोलहरुमा रातको समयमा चोरीको बिगविगी आएको हो–हल्लाप्रति ध्यानाकषर्ण भएको जनाएको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) यदुनाथ पौडेलद्वारा हस्ताक्षरित अपिलमा शान्ति सुरक्षा जस्तो संबेदनशिल एवम् आम नागरिकको चासोको विषयमा जिल्ला सुरक्षा समिति थप जिम्मेवार बन्नेको उल्लेख गरिएको छ । चोरी घटनाप्रति प्राप्त सूचना एवम् तथ्याङ्कका आधारमा सुक्ष्म विश्लेषण समेत गरिएको भनिएको छ । यस सम्बन्धमा केन्द्रित भइ विगत १ हप्तादेखि जिल्लास्थित सुरक्षा निकायहरुबाट थप गस्ती पट्रोलिङ्गको व्यवस्था मिलाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हल्लामा आएजस्तो चोरीको यथार्थता नभएको पुष्टी भैसकेको जनाइएको छ ।

आम नागरिकहरु निर्वाध रुपमा विना रोकतोक आफ्ना गतिबिधि संचालन गरी वडादशैं लगायतका राष्ट्रिय चाडपर्व मनाउन आग्रह गरिएको छ । यस्ता किसिमका आधार र प्रमाण विनाका भ्रामक हो–हल्लामा नलागी तथ्य बिनाका सूचनालाई निरुत्साहित गर्न राजनितिक दल, नागरिक समाज, सामाजिक संघ संस्था, पत्रकार, जगत एवं आम जनसमुदायलाई अपिल गरिएको छ । जिल्लामा आउने र जिल्लाबाट बाहिरिने नागरिकको सहजताको लागि २ वटा स्थानमा नागरिक सहायता कक्षहरु पनि सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।