पोखरा । पोखराको गणतन्त्रचोकको जेब्रा क्रसिङमा सवारी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । आइतबार साँझ करिब ६ बजे पोखरा बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्रचोकको जेब्रा क्रसिङमै पहिचान हुन नसकेको सवारीले ठक्कर दिँदा तनहूँ घर भइ हाल पोखरामा बस्दै आएका १४ वर्षका शुभम खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक सुवास हमालले बताए । खनाल शान्ति निकेतन स्कूलको कक्षा ९ मा अध्ययनरत थिए ।
प्रतिक्रिया