ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख बोहोराको निधन

मंगलबार, २३ कार्तिक २०७८

बुटवल । बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पूर्ण बहादुर बोहोराको निधन भएको छ । लामो समयसम्म बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराएका ६४ वर्षीय बोहोराको सोमबार निधन भएको हो ।

बुटवल क्याम्पसबाट अवकाश लिएपछि बुटवलको जितगढीमा होटल तथा रेष्टुरेन्ट सन्चालन गर्दै आएका बोहोरा केही दिन यता अस्वस्थ रहेका थिए । बोहोराका १ छोरा र २ छोरी छन् भने उनकी धर्मपत्नीको केही महिना अघि मात्रै निधन भएको थियो ।