ताजा अपडेट »

सभामुख महराले दिए राजिनामा

मंगलबार, १४ असोज २०७६

असोज १४,
काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन्। मंगलवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सचिवालय बैठकको सुझाव अनुसार महराले राजिनामा दिएका हुन्। सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ। नैतिकताको आधारमा आफूले आजको मितिबाट अनुसन्धान नसकिदासम्मको लागि राजिनामा दिएको राजिनामा पत्रकार उल्लेख गरिएको छ।

स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर 'मदिराको मातमा' सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।