ताजा अपडेट »

नेपालमा थप ३९० जनामा संक्रमण, ५ को मृत्यु

सोमबार, २२ कार्तिक २०७८

बुटवल । नेपालमा थप ३९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट २६०६ र एन्टिजेन विधिबाट २४२० जनामा परिक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १४ हजार ९२९ र एन्टिजेनबाट ९४ हजार ८३६ जना पुगेको छ ।

यस्तै, नेपालमा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४५३ पुगेको छ ।