ताजा अपडेट »

नेपाली भू-भाग सुस्तामा भारतीय एसएसबीको ड्रोन

सोमबार, २२ कार्तिक २०७८

परासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो ।

सुस्तामा निर्माणाधीन झोलुङ्गे नजिकैबाट अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भू–भागमा ड्रोन उडाएर फोटो खिचेको स्थानीयको भनाइ छ । उनीहरूले नेपाली भू–भागको नक्साङ्कन गरेको हुनसक्ने स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार आइतबार दिउँसो १२ बजेपछि उनीहरूले सीमावर्ती सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भू–भागको नक्साङ्कन गरेको हो । नेपाली भू–भागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चेतावनी दिएको बताइएको छ ।

नेपाली भूमिमा भारत तर्फको सिमादेखी नेपाल तर्फको सीमासम्मको बिबादित जग्गामा भारतीय सुरक्षाकर्मी एसएसबीले फित्ता(स्केल)द्वारा नाप गर्दै आइरहेको बेला सुस्ताका स्थानीयबासीले देखेपछि प्रहरी चौकीमा खबर गरेको थिए । स्थानीयवासीको खबर पाउन साथ सो स्थान तर्फ सुस्ता प्रहरी चौकीका टोलीहरु पुग्दा भारतीय सुरक्षाकर्मीहरु त्यहाबाट भागिसकेको सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र कुमार जयसवालले बताएका छ्न ।

गत बर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भुभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेको थियो भने अहिले नाप जाच गर्ने फित्ता (स्केल)र रजिस्टार बुक लिएर सुस्तामा रहेकोे बिबादित भुमिको नाप नक्सांकन गरेको थियो ।