ताजा अपडेट »

न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन

सोमबार, २२ कार्तिक २०७८

काठमाडौं । न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । 

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् । 

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।