ताजा अपडेट »

आर्सनलको वाटफोर्डमाथि १-० को जित

सोमबार, २२ कार्तिक २०७८

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वाटफोर्डमाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा आर्सनलले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एमिले स्मिथ रोवले खेलको ५६औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।यस खेलमा वाटफोर्डका जुराज कुकाले खेलको ८९औ मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।यो जितपछि आर्सनलको ११ खेलमा २० अंक भएको छ र लिगमा पाँचौ स्थानमा उक्लिएको छ ।त्यस्तै वाटफोर्डको भने ११ खेलमा १० अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।