ताजा अपडेट »

सवारी दुर्घटनामा परी २० जनाको मृत्यु

आइतबार, २१ कार्तिक २०७८

मेक्सिको सिटी । मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । -एएनआई