असोज १२,
तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका–२ को कुसुमडाँडा सामुदायिक वन उपभोक्ता समुहको १८ औं बार्षिक साधारणसभा तथा ९ औ अधिबेशनले भिमिसरा घर्तीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठले वनको संरक्षणका लागि दिगो विकासका योजना तयार गरी अघि बढ्न सुझाए । अग्रजहरुको प्रयासबाट माया गरि जोगाउँदै आएको वन अहिले युवा अवस्थामा हुर्कदै गरेको बताउँदै उनले वन तथा सामुदायिक वन समूहलाई अझ जोगाएर राख्न आग्रह गरे ।

कुसुमडाँडा सामुदायिक वनका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले समुदायको विकासमा वनले ठुलो भुमिका खेलेको विगत स्मरण गराए । सभामा सामुदायिक वन समन्वय समितिका अध्यक्ष अमर प्रधानले वन जोगाएकै कारण आज दोभान सेरोफेरोका वनमा बाघहरु भेटिन थालेको र यही वनहुँदै चितवन, नवलपरासीका बाघहरु कपिलवस्तु, दाङ, बाँकेतिर हिड्ने गरेको जानकारी गराए । कार्यक्रममा झुम्सा ईलाका वनका प्रतिनिधि गोविन्द पराजुली, समन्वय समितिका पदमलाल शाक्य, दोभान मा. वि.का शिक्षक रविन्द्र पौडेल, अमर सिँह भण्डारी, खुमखबहादुर सारु र तुल्सी घर्तीले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशन तथा साधारण सभाको अवसरमा जेष्ठ नागरिक रण बहादुर घर्तीलाई सम्मान गरिएको छ । सभामा सामुदायिक वनको एक वर्षमा भएका रु ४ लाख ५७ हजार ९ सय २२ रुपैयाँ बराबरको आर्थिक आय ब्यय विवरण पेश गरिएको थियो । कार्यक्रममा चेतमान घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया