असोज १२,
बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी लुम्बिनी प्रादेशीक अस्पतालका लागि नयाँ डाईगेनिष्टक भबन बन्ने भएको छ । १ सय ९ बर्ष पुरानो सो अस्पतालको नयाँ बन्ने डाईगेनिष्टक भवन निर्माणका लागि १८ करोड लागत अनुमान गरिएको छ ।
भवनको आईतबार एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका छन् । अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरिय सेवा पाउने विश्वास लिइएको छ । नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लागतमा डाँफे निमार्ण सेवा प्रालीले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेन डा. कृष्ण खनालले बताए ।
५ तला सम्म बनाउन सक्ने भबनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरी २ तले भबन २ बर्ष भित्र बन्ने सम्झौतामा उल्लेख छ । प्रदेश नं. पाँच सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तर बृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनिति छ । त्यहि अनुरुप नयाँ नयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालमा छ्टिै डायलासिस सेवा समेत सुरु हुन लागेको बताए ।
प्रतिक्रिया