असोज १२,
बुटवल । पारस खड्काको आक्रमक शतकसँगै शनिबार ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलामा नेपालले सिंगापुरमाथि ९ विकेटले शानदार विजय हासिल गर्यो। यसजितमा पारसले थुप्रै कीर्तिमान बनाए। त्यसमध्ये एक विश्वकीर्तिमान बनेको छ।
पारस ट्वान्टी-२० अन्तर्राष्ट्रियमा लक्ष्य पूरा गर्नेक्रममा शतक बनाउने पहिलो कप्तान बनेका छन्। पारसले ४९ बलमा शतक पूरा गरेका थिए। यससँगै उनी ट्वान्टी-२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने चौथा एसियन कप्तान बनेका छन्। उनले ५२ बलमा अविजित १ सय ६ रन बनाएपछि नेपालले १ सय ५२ रनको लक्ष्य ४ ओभर बाँकी रहँदा १ विकेट गुमाएर पूरा गरेको थियो। यससँगै कप्तान पारसले अस्ट्रेलियाका स्टिभ स्मिथ, भारतका विराट कोहली र वेस्ट इन्डिजका क्रिस गेललाई पनि पछि पारेका छन्। यसअघि लक्ष्य पछ्याउँदा सबैभन्दा धेरै रन बनाउने कप्तानमा नेदरल्यान्ड्सका पिटर सिलार थिए। उनले १२ दिनअघि स्कटल्यान्डविरुद्ध अविजित ९६ रन बनाएका थिए।
अस्ट्रेलियाका स्मिथले २०१५ मा इङ्ल्यान्डविरुद्ध ९० रन बनाएका थिए। चौथो स्थानमा वेस्ट इन्डिजका गेल छन्। उनले अस्ट्रेलियाविरुद्ध २००९ मा ८८ रन बनाएका थिए। भारतका विराट कोहली आठौं नम्मबरमा छन्। उनले २०१७ मा श्रीलंकाविरुद्ध ८२ रन बनाएका थिए। पारस शतक बनाउने पहिलो ब्याट्सम्यान हुन्। खेलाडी शतक बनाएको खेलमा नेपालले लक्ष्य पूरा गरेको यो सानो योगफल हो। यसअघि २०१८ मा ग्लेन म्याक्सवेलले अविजित १ सय ३ रन बनाएको खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध ५ विकेट गुमाएर पूरा गरेको १ सय ६१ रनको लक्ष्य सबैभन्दा सानो थियो। पारसले दोस्रो विकेटका लागि आरिफ शेखसँग दोस्रो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे। जुन ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पाँचौं ठूलो स्कोर हो। आरिफले ३८ बलमा ३९ रन बनाए।
प्रतिक्रिया