बुटवल । बुटवलमा रहेको सयपत्री स्नूकर क्लबले स्नूकर हाउस सञ्चालनमा ल्याएको छ । क्लबले बुटवल–१० रामनगरमा निर्माण गरेको स्नूकर हाउसको शुक्रबार शुभारम्भ गरेको छ । विशाल काउचा र दिपेश गुरुङको लगानीमा निर्माण भएको स्नूकर हाउस एक समारोहका बीच स्नूकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठले औपचारिकरुपमा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले नेपालमा स्नूकर खेलको महत्व बढ्दै गएको बताउँदै निजी क्षेत्रबाट जस्तै राज्यले पनि प्राथमिताका साथ लगानी लगाउन आवश्यक रहेको बताए । साथै यस खेल र खेलाडीप्रति समाजबाट नै प्रोत्साहन र सम्मान गर्नका लागि स्थानीय सरकार र सरोकारवालाले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
स्थानीय स्तरमा खेलाडीलाई सहज पहुँच र खेलको प्रवद्र्धनमा पनि सहयोग पुर्याउने उद्देश्यले करिब ३५ लाख लगानीमा स्नूकर हाउस निर्माण गरेको सञ्चालक काउचाले बताए। अर्का सञ्चालक गुरुङले रुपन्देहीका स्नूकरको क्रेज बढेको बताउँदै स्नूकर हाउसले थप उत्साह र राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने दाबी गरे ।
प्रतिक्रिया