ताजा अपडेट »

शुरूवाती दिनमै बजार तान्दै 'कन्ट्री एप्पल'

शुक्रबार, १९ कार्तिक २०७८

कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका ६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रा.लि.ले स्वदेशी स्याउँलाई ब्रान्ड्रिङ गरि ल्याएको 'कन्ट्री एप्पल'ले बजार तान्न थालेको छ।“मिठो स्वाद, स्वदेशी सुवास” भन्ने उद्देश्यका साथ एक्सपोर्ट क्वालिटीको स्वदेशी स्याउ बजारमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक अच्युत टण्डनले बताए।मुस्ताङबाट ल्याईएको स्याउलाई ब्राण्डीङ गरेर काम भईरहेको कम्पनीले जनाएको छ।६ करोड लगानिमा शुरु भएको कोल्ड स्टोरले स्याउ ब्राण्डीङका लागि थप ५० लाख लगानी गरेको कम्पनीले जनाएको छ।

उनले भने - "स्वदेशी उत्पादनलाई गुणस्तरयुक्त ब्राण्डका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापित गराउने कम्पनीको महत्वकांक्षी लक्ष्य रहेको छ ।हामी यसमा सफल भईरहेका छौ। स्थानीयबाट राम्रो रेस्पोन्स पाएका छौ। "स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्थामा देशका कृषकहरु मारमा परिरहेकाले आगामी दिनमा कृषकसंग हातेमालो गरि आफ्नै माटोको उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थापन गरिने कम्पनीका मुख्य बजार व्यवस्थापक किरण खड्काले बताए।हिन्दु धर्मावलम्बीहरुको पर्वलाई लक्षित गरि ल्याईएको र बजारमा अत्याधिक रुचाईएको कम्पनीले जनाएको छ।