ताजा अपडेट »

आजदेखि बुटवलमा सस्तो दशैबजार सञ्चालन

आइतबार, १२ असोज २०७६

असोज १२,

ग्लोबल आवाज

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आज आईतबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुँदैछ । हिन्दुहरुको महान पर्व बडा दशैं, दीपावली, छठ लगायतका पर्वहरुलाई लक्षित गरि संघले दशैं बजार गर्न लागेको हो ।

घटस्थापनादेखि यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल लगायतका सामाग्रि राखिने छ । त्यस्तैगरी दशैं सस्तो बजारमा छपियाको माछा समेत सुलभ मुल्यमा बिक्रि वितरणको व्यबस्था मिलाईएको छ । संघको सचिवालय परिषर बालमन्दिरमा सञ्चालन गरिने दशैंबजारमा दशैंकालागि नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको सुबिधा समेत उपलब्ध गराईने संघका कार्यसमिति सदस्य तथा दशैं बजारका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए । उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनकालागि संघले विगत देखि नै दशैं बजार सञ्चालन गर्दै आएको र यस पटक पनि दशैं बजार सञ्चालन गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराए ।