ताजा अपडेट »

मृत्यु हुनु अघि अस्पताल लगाएतलाई यसरी मिस गरें

विहीबार, १८ कार्तिक २०७८

जब मानिस जीवनको अन्तिम साससँग पंखेजोडी खेलिरहेको हुँदो रहेछ त्यति बेला उसले जिन्दगीमा सबै भन्दा नजिकको साथीको अवस्था आफू मरेपछि के होला ? भन्ने सोच्दो रहेछ । त्यसपछि परिवार र आफन्त मध्ये स्वास्थ्य र आर्थिक रुपमा सबै भन्दा कम्जोरको छ , त्यस बारेमा चिन्ता प्रकट गर्दोरहेछ । अन्तिम मानसपटलमा सारा आफन्तजन , इष्ट–मित्र, बैरी समेत सल्बलाउँदा रहेछन् । आफू डुले घुमेको ठाउँ, बालापनमा आफू हुर्केको घर–आँगन , भित्रि आँखामा नाँच्दा रहेछन्।

अनि स्वास्थ्यमा चाप पढ्दै गए पछि परिवारका सदस्यहरुले उपचारका लागि त्यहाँ जाउँ, फलानो डाक्टरलाई भेटौं , अथवा फलानो धामी झाँक्री खोजौं भनेर सुझाएको तर आफुले नमानेको कुरा प्रति बहुत पछुतो लाग्दो रहेछ । त्यस्तै आफुले कसैलाई ऋण सापटी दिएको मतलबै हुँदो रहेन छ ,तर आफूले तिर्नुपर्ने कसैको पैसा वा कुनै जिन्सी बाँकी रहेकोमा परिवारका सदस्यले तिरि दिउन् भन्ने कामना गरिदो रहेछ । त्यही अन्तिम सासमा परिवार आफन्तजनको साथ छोड्न जति गार्हो हुँदो रहेछ त्यति नै आफ्नो पेशा छाड्न पनि निकै कठिन हुँदो रहेछ।

माथि उल्लेखित अनुभूतिहरु कार्तिक १५ गते राति २ बजेदेखि ४ बजेसम्मको म आँफै बिमारी हुँदा सोँचे,कल्पेका अनुभूति हुन् । बुढापाकाहरु भन्छन्–‘भगवानको काना नपरुन् । मैले पनि यहि कामना गर्छु कि त्यो दिन एक दिन न एक दिन पक्कै आउँछ तर, छिटो नआओस् । र पनि त्यस दिन राति त्यो अवधीमा मैले त्यही अनुभूति गरें । म आज भन्दा १५ वर्षअघि काठमाण्डांैमा सडक दुर्घटनामा परि करिब ३ महिना शिक्षण अस्पतालमा भर्ना भएँ , एकचोटी पखला लागेर छाउनी स्थित सैनिक अस्पतालमा चार दिन भर्ना भएँ। सानै छँदा गाउँ मै सात दिनसम्म पखाला लागेर मरणशन्य भएको थिएँ । त्यो बाहेक म अस्पताल भर्ना भएको छैन । बेला बेलामा स्वास्थ्य परीक्षण गराउन पनि जाने गरेको छैन।

खाली काम,काम–काम..। यहि दौड–धूपमा मात्रै लाग्ने तर स्वास्थ्यमा ख्याल नगर्ने गरेका कारण श्रीमती र छोरा छोरीहरुबाट मैले कच–कच सुनिरहँदै आउनु परेको छ । दशैं अघि नै मोटरसाईकलमा विभिन्न गाउँमा धौड–धुप गर्दा मेरो शरिरमा चिसो घुसेर असर गरि सकेको थियो । चिसो घुस्यो कि मेरो पेटमा कब्जियत सुरु हुन्छ । ग्याँष्टिक रहेछ मलाई हालै मात्र थाह भयो । ग्यास्टिक छ तपाइँलाई हिड्नुस्,अस्पताल श्रीमतीले भन्दा मैले टेरिन। गुल्मी अस्पतालका सुमे डाक्टर उत्तम पाच्यलाई पूर्णरुपमा परीक्षण गराउन लैजान आँटेको एक बर्ष भई सक्यो मलाई तर पनि मैले घरको कुरा पटक्कै मानिन । पछिल्लो दुई हप्ता मलाई स्वास्थ्यले पेल्दै जान थाल्यो । अझ पनि मैले मेडिकलहरुमा औषधि किन्दै खान थाले तर, अस्पताल गइन। घरमा भने अस्पताल गएर आएँ भनेर ढाँट्दै आएको थिएँ । ती औषधीहरुले निको हुन सकेन।

खान एक गास रुच्न छाड्यो । पटक पटक पेट काटेर हैरानी भएँ । पेट फुलेर दमाह जस्तो भई सक्यो । डकारको ‘ड’ पनि छैन । उकुस मुकुस भई रहेको बेला एक्कासी मलाई रुघा खोकी ज्वरोको बिमार सुरु भयो । त्यस पछि मात्र मलाई कोरोना संक्रमणको भुतले गाँज्न थाल्यो र उनै डाक्टर उत्तम पाच्यलाई भेटन् भनि सकि नसकि कार्तिक १३ गते विहान करिव साढे ८ बजेको समयमा गुल्मी अस्पतालमा पुग्दै थिएँ ।
चिदिचौरमा पुगेर फोन गर्दा डाक्टर पाच्यको फोन स्वीच अफ पाएँ । त्यस पछि त्यसै अस्पतालमा मैले पहिल्लैदेखि आश्था राख्ने शिनियर अहेव रमेश पन्थीलाई फोन गरें । उहाँ घरमा हुनुहुँदो रहेछ । तर पनि तत्कालै अस्पलात आई दिनु भयो र तत्काललाई सामन्य परिक्षण पछि केहि औषधी दिनु भयो । र भोली विहान ८ बजे आउनु तपाईको छातीको एक्सरे गर्नु पर्छ ब्लड लगायतको परिक्षण पनि गर्नु पर्छ भन्नु भयो र हुन्छ भन्दै फर्किएँ ।
तर, अको दिन उहाँले दिएको औषधीले पेट केहि हल्का भएकोले त्यस दिन विहान म गईन् । त्यसै दिन दिउँसोबाट मलाई रुघा खोकी काँसो र ज्वरोले थप पेल्यो । श्रीमतिले घरबाट बारम्बार कोरोना चेक गराउन जानुस भनेर फोन गरेको गरै । यता तम्घास कोठामा छोरीले पनि हिड्नुस चेक गराएर आउँ भनेर कर गरिरहेकी थिइन् । तर, मैले मानिन् । कार्तिक १५ गते दिनको कुरा थियो त्यो । म त्यस दिन दिउँसोा रुखा खोकीको औषधी किनेर खाएँ । साँझ पनि खान रुचेन । छोरा छोरी भतिजा भतिजी आ–आफ्नो कोठामा सुत्न गए ।

भुस परेर निदाए । म भने कोठामा रातै भर रुघा खोकी ज्वरो संग संघर्ष गरिरहें । एकातिर पेटको समस्याले पटक पटक घर्सिदै ट्यालेटमा । अर्को तिर बारम्वार सुख्खा खोकी । बिहान गरिब २ बजे तिर फेरि ट्यालेट पुगे । त्यति बेला भने मलाई कोरोनाको भुतले छोयो । कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुका परिवारजनले जे जे लक्ष्यण सुनाउँथे ति ति लक्ष्यण मेरो शरिरमा पाएँ । पेट काटिरहेको थियो ।

त्यही ट्वाइलेटमा बसुञ्जेल यो संसारबाट अन्तिम बिदाइका सारा बिलौनाहरुले मेरो आँखा रसाए । म ‘भन्थिन् उसले त, उत्तम डाक्टरकहाँ जचाउन जाउँ भनेर … थुक्क नमान्दा जाने भईस बेलैमा… पहिला मनमा यहि कुरा आयो । म त जाने नै भएँ बिचरीले दुःख पाउने भई.. भन्दै आँशु थप बर्षियो ।

तम्घासको केहि ठाउँमा पैसा तिर्न थियो । सोंचे – खाएर मर्याे भन्ने होलान् । त्यसपछि ओझेलका खबरका मेरा लाखौं प्रिय श्रोतालाई सम्झिएँ । मैले ओझेलका खबर कोरोना संक्रमणको दोश्रो लहर सुरु भएदेखि सञ्चालन गर्न सकेको छैन। ओझेलका खबर किन आउँदैन आजकल ? भनेर सोध्नेहरुको दिनहुँ कल आउँछ । आगामी हप्तादेखि आउँछ भनेर वचन दिएको थिएँ ।

हे बरै म मरेपछि त्यही आवाज र त्यही शैलीमा ओझेलका खबर कसले भन्देला ? भन्दै मुटु भक्कानियो । सोचे–‘एउटा म्यासेज लेखेर मेरो मृत्यु पश्चात् पुराना ओझेलका खबरहरु प्रशारण गरिदिनु है ? भनेर रेडियोका साथीहरुलाई पठाउँ कि ? फेरि मेरो ध्यान क्यामरा र ल्यापटपमा गयो । जसमा निकै महत्वपूर्ण रिर्पोटरुका फुटेजहरु छन् । कैयौं लेख्दै गरेका र पूरा हुन नसकेका स्टोरीहरु छन्।

कति जनाले कहिले आउला भनेर आश गरेर बसेका छन् । हे भगवान… ती कुराहरु मिडियामा नपठाएसम्म काल नआइदिए हुन्थ्यो यस्तै कुरा अनि ज्वरो रुघा खोकी र कब्जियतले म एक्लै संघर्ष गरिरहेको छु रातैभरी । यस अवधीमा घर्सिदै–घर्सिदै किचनमा छिर्छु । मुस्कीलले ग्याँस जलाउँछु । बेसार,ज्वानो , बिरेनून पटक–पटक तताउँदै झण्डै एक पाथी पिए हुँला । त्यस पछि मात्र सबै जना उठ्छन्।

तब भने मलाई कसैले अस्पताल जाउँ भनेर कर गर्नै परेनं। 'म आफै सकि नसकी गएंँ । गुल्मी अस्पतालमा । ''इमरेन्जेन्जी वार्डको लागि टिकट लिएँ । त्यस वार्डमा मैले चिनेको सिमिचौरकी अहेवा बहिनी सम्झना पाण्डे हुनुहुन्थ्यो । उहाँले आफ्नो तर्फबाट चेक गर्नु भयो । र दुई जना मैले चिन्न नसेका महिला डाक्टर र एक जना पुरुष डाक्टरहरुले सबै कुरा मबाट सोधपुछ गर्दै चेक जाँच गर्नु भयो ।

तत्कालै ब्लड परिक्षण , एक्सरे सबै भयो । मलाई यहि डर थियो रिर्पोट आउँदा हे भगवान कोरोना संक्रमण नदेखाओस् बरु अरु बिमारले मर्न परोस् भन्ने कामना गरिरहेको थिएँ । त्यही कामना पूरा भयो । औषधि लिएर फर्किएँ । विहानको डोज सबै खाएँ । दिउँसो दोश्रो डोज खाने बेला सम्म मलाई आधाजसो सबै खाले स्वास्थ्य समस्या ठिक भइसकेको थियो ।

साँझ तेश्रो डोज खाएर विस्तारामा पल्टेको थिएँ । निदाएकै थाहै पाइन। विहान उठ्दा शरिर यति हलुङ्गो भयो कि बल्ल मलाई साँचो अर्थमा दिपावलीले छोयो र मेरा भित्रि मनले भन्यो थ्याङ्स गुल्मी अस्पताल…। गुल्मी अस्पतालप्रति मेरो मनले हिजो विहान कार्तिक १७ त्यसरी आभार प्रकट गरेको हो , र आज कार्तिक १८ गते बिहान उठ्न बित्तिकै थप फूर्तिलो भएर बिस्ताराबाटै यी आफ्ना अनुभूतिहरु लेख्न थालेको हुँ ।

यस कारण पनि यो अनुभूति लेखेको हुँ कि आफ्नो स्वास्थ्य अवस्था प्रति ख्याल नगर्ने म जस्ताहरु म अस्ती जस्तै झण्डै मृत्युको संघारमा पुग्न नपरोस् । अनि विगतमा सरकारी अस्पतालमा उपचार राम्रो हुन्न भनेर मेडिकल वा निजी अस्पताल तिरै जने म जस्ताहरु , अहिले मैले जस्तै सरकारी अस्पतालबाटै स्वास्थ्य लाभ लिन परोस् ।

बस् पुनः एक पटक गुल्मी अस्पतालका सकल स्वास्थ्यकर्मी परिवारप्रति कृतज्ञता जाहेर गर्दै सबैमा सु–स्वास्थ्यको कामना गर्दै दिपावलीको शुभकामना !