बुटवल । बुटवलमा गौ संरक्षण केन्द्र तथा अनुसन्धान स्थल स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । बिहीबार लक्ष्मीपुज अर्थात गोबर्धन पुजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम समुद्घाटन गरिएको हो। एक समारोहका बिच मुक्तिनाथ धामका पिठाधिस ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उद्घाटन गरेका छन। पाच वटा गाईलाई पंन्च कन्याद्घारा प्रवेश गराएर शुभारम्भ गरिएको थियो।
करीब ६ विगाहा क्षेत्रफलमा तारजाली गरिएको छ । जहाँ ५० बढि गाई अट्ने सेड पुर्वाधार निर्माण गराईएको छ। यसैगरि गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने ब्यवस्था, विद्युत ब्यवस्थापन गरिएको छ। दुई जना गौ हेरालुहरु ब्यवस्थापन गरि गौ हेरालुहरुलाई २ वटा रुम र स्टोर रुम निर्माण गरिएको छ। यसैगरि मध्येभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ।
शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला ब्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको छ। बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रतिक्रिया