आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति
अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी दुई पटकसम्म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
इजरायली प्रधानमन्त्रीको हत्या
सन् १९९५ मा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिनको हत्या भएको थियो । रबिन ओस्लो शान्ति सम्झौतामा महत्वपूर्ण भूमिकामा थिए ।
इरानमा ५२ अमेरिकी बन्धक
सन् १९७९ मा इरानी विद्यार्थीहरूको एउटा समूहले तेहरानस्थित अमेरिकी दूतावासलाई नियन्त्रणमा लिएर ५२ अमेरिकीलाई नियन्त्रणमा लिएका थिए । बन्धकपछि इरान र अमेरिकाबीच तनाब बढेको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा निकाय गठन
सन् १९५२ मा अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) गठन भएको थियो । एनएसएले देशभित्र गुप्तचरसम्बन्धी गतिविधि अनुगमन र सूचना संकलन गर्छ ।
अमेरिकाको पहिलो महिला गर्भनर
सन् १९२५ मा अमेरिकाले पहिलो पटक महिला गर्भनर पाएको थियो । निलाई टेलोइ रोस अमेरिकाको वाइओमिङमा राज्यको गर्भनर बनेकी थिइन् ।
प्रतिक्रिया