असोज ११,
चितवन । आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चितवनमा कुटिएका छन् । चौबिसकोटीमा कार्यक्रम गर्न गएका उनलाई स्थानीय युवाले कुटपिट गरेका हुन् । शाहीप्रति आक्रोशित देखिएका युवाले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । शाहीमाथि युवाले कुटपिट गर्न थालेपछि प्रहरीले शाहीको उद्धार गरेको छ । उनको टाउको, खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको छ र उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । शाहीलाई आक्रमण गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाइँदैन भनेर उनीमाथि हातपात गरेका हुन् । उनीहरुले शाहीको कार्यक्रमको स्टेज भत्काइदिएका छन् भने ब्यानर पनि च्यातेर फालिदिएका छन् । घटनापछि स्थानीय युवा र शाही समर्थकबीच तनाव हुनसक्ने देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ । अहिले घटनास्थल छेउछाउ बाक्लो संख्या प्रहरी खटिएका छन् । स्थानिय युवाहरु र शाही सर्मथकबीच हुन सक्ने तनावलाई मध्य नजर राख्दै प्रहरीले उच्च सर्तकता अपनाएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया