ताजा अपडेट »

नवलपरासीमा एक पुरुष घर नजिकै मृत अवस्थामा फेला

बुधबार, १७ कार्तिक २०७८

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ मा एक पुरुष घर नजिकै मृत भेटिएका छन् ।

१५ दिन अघि देखि घर अगाडि पट्टी गोठमा बस्दै आएका ६० वर्षीय रामभवन धोवीको शव हिजो दिउँसो घर अगाडि फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।मृत्युको कारण भने खुल्न बाँकि रहेको उनले बताए । शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याइएको छ ।

श्रीमतीसँगको विवाद पछि धोवी गोठमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।