ताजा अपडेट »

क्यान निर्वाचनः अध्यक्षमा चतुरबहादुर

शनिबार, ११ असोज २०७६

असोज ११,
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ विधानअनुसार भएको निर्वाचनबाट चतुरबहादुर चन्द निर्वाचित भएका छन्। यसअघि निर्वाचित क्यानका अध्यक्ष चन्दले ५९ मतमध्ये अहिलेसम्म ३० र बिनयराज पाण्डेले १० मत ल्याएका छन।

शनिबार नक्सालको मेरियट होटलमा भएको चुनावमा चन्द पक्षका राजबाबु श्रेष्ठको २७ छ भने मिङ्मा डण्डु शेर्पाको १२ मत छ। सचिवमा चन्द समुहका अशोकनाथ प्याकुरेलको २९ मत छ भने बिनोदकुमार मैनालीको १० मत छ। त्यस्तै कोषाध्यक्षमा चन्द समुहकै रोशनकुमार सिंहको २९ मत छ भने उपेन्द्र भट्टराईको ९ मत छ। यसअघि प्रदेश २ को दाउद अन्सारी, प्रदेश ४ को ऋषि गौतम, प्रदेश ५ को प्रशन्तबिक्रम मल्ल, प्रदेश ६ को पदम खड्का र प्रदेश ७ को बिक्रम बिष्ट र महिलातर्फ जयन्ती भट्ट निर्विरोध निर्वार्चित भएका थिए।