असोज ११,
पाल्पा । पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको लु१ ख ६१८१ नम्बरको बसमा तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार ५ जना घाइते भएका छन् । बसमा २० जना यात्रु सवार रहेकोमा अन्य यात्रुलाई केही क्षति भएको छैन । शनिवार दिउँसो १ बजेर २० मिनेट जाँदा बसमा ढुंगा लागेको थियो ।
घटनामा बसका चालक तिलोत्तमा नगरपालिका ४ का बस चालक ३५ वर्षीय कमल राउत, वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका ६ का ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी ५ का २३ वर्षीय सन्तोष चोहान घाइते भएका छन् । घाइतेहरुको अवस्था सामन्य रहेको र उनीहरुको उपचारको लागि प्रादेशिक अञ्चल अस्पताल बुटवलमा पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया