ताजा अपडेट »

सडक दुर्घटनामा १९ को मृत्यु

बुधबार, १७ कार्तिक २०७८

एकरा । घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो ।मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो । -सिन्ह्वा