परिचय( Introduction)
रेबिज भाइरसबाट लाग्ने जुनोटिक प्रकारको रोग हो । यसले मस्तिक्समा इन्फ्लामेसन गराउछ । यो खतरनाक प्रकारको रोग हो। यो रेबिज भाइरसबाट लाग्दछ । यसले सम्पूर्ण स्तनधारी जनावरलाई संक्रमण गर्छ । ल्याबमा चरा समेत संक्रमण भएको पाइएको छ । यस रोगबाट संक्रमति भएकापशुको मस्तिक्समा क्षति पुर्याएको हुन्छ । यो जुनोतिक रोग भएका कारणले पशुबाट मानिस र मानिसबाट पशुमा सर्न सक्छ। यो भाइरस संक्रमित भएका पशुकोथुक र र्यालमा हुने भएका कारणलेसंक्रमित भएका पशुको टोकाईबाट भाइरस सर्ने गर्छ । बिकास उन्मुख रास्ट्रमा यसको प्रकोप बढी पाइन्छ । तःयाकं अनुसार सन् २०१० मा बिश्वमा २६००० मानिसको मृत्यु रेबिज रोगबाट भएको पाइएको छ । यो संख्या सन् १९९० भन्दा आधा कम हो मृत्युदरको ९५ % एसिया र अफ्रीकामा हुने गरेको छ । नेपालमा भने बर्षेनी २०० जना मानिस यो रोग बाट मर्ने गरेका छन्। यो रोग लागे पछि संक्रमित भएका पशु र मानिसको मृत्यु निश्चत भएका कारणले यसलाई १०० % fatal रोग भनिन्छ । तर यो रोग १००% रोकथामगर्नसकिन्छ।
इतिहास( History )
यो एउटा पुरानो रोग हो। सर्बप्रथम यसलाई 2000 BC मा पाइएको रेकर्ड फेला परेको छ । पछिGeorg Zinke ले रेबिज संक्रामक सुक्ष्म जीवका कारण लाग्ने पुस्टि गरे । सन् १८०४मा उनले रेबिज रोगबाट संक्रमित भएको कुकुरबाट मानिसमा सरेको पुस्टि गरे । खरायो र कुखुरालाई संक्रमित भएको कुकुरको थुक सुइ मार्फत लागाई सरेको पुस्टि गरेका हुन् । सन् १८८०मा लुइस पास्चर रेबिजरोगलाई चाख दिए र यसका बिरुध खोपको बिकास गरे । पहिले उनले खोप कुकुरमा प्रयोग गरे सफल पश्चात ११ बर्षिय रेबिजलागेको कुकुरको टोकाईमा परेका Joshep Meister लाई खोप प्रयोग गरे र खोप सफल भयो । लामो समय सम्म उनले विकास गरेको खोप प्रयोग गरियो
वितरण(Distribution)
यो बिस्वव्यापी रुपमा पाइन्छ ।
कारकतत्व( Etiology)
यो Rabies Virus को कारणले लाग्छ । यो RNA Virus होयसले मस्तिक्समा असर गर्ने भएका कारणले गर्दा यसलाई Neurotropic भाइरस पनि भन्ने गरिन्छ । योRabdoviridae परिवारमा पर्ने भएका कारणले यसलाई Rabdo Virus पनि भन्ने गरिन्छ । साथै यसलाईLyssa Virus पनि भनिन्छ । यो मृत पशुको शरीरमा २४ घण्टा भन्दा धेरै बाच्न सक्दैन । यसलाई Sodium Hypochloride, 45% ethanol, iodine preparations, ammonium compounds, phenols, ether आदि निसंक्रमण गर्ने रसायनले निस्क्रिय गर्न सकिन्छ । OIE अनुसार यो सतप्रतिसत रोकथाम गर्न सकिने रोग भएता पनि क्यानाइन रेबिजले बिश्वमा प्रत्यक वर्ष ७०००० मानिसकोमृत्यु गराएको हुन्छ ।
असर पर्ने जनावरको प्रजाति (Susceptible host)
मानिससंगै सम्पूर्ण स्तनधारी पशुहरु रेबिज रोगबाट संक्रमित हुन् सक्छन । प्रायजसो अवस्थामा बिरालो, कुकुर, गाई/भैसी, घोडालाई संक्रमण गरेको पाइन्छ भने गिनी पिग, खरोयो कम संक्रमित हुन्छन जंगली जनावर जस्तो raccoons, skunks, mongoose, bats आदि पनि संक्रमित भएको पाइन्छ ।
रोग सर्ने माध्यम ( Modes of Transmission)
रोग सर्ने मुख्य श्रोत थुक, र्याल र मस्तिक्सको तन्तु हुन् ।
धेरै जसो अवास्थामा संक्रमित भएका पशुबाट रोग सर्ने गर्छ। संक्रमित भएका पशुको थुकमा धेरैमात्रामा भाइरस हुन्छन । भईरस शरीरमा प्रवेश गर्नका लागि टोक्नु पर्छ वा घाउको माध्यमबाट शरीरमा प्रवेश गर्नु पर्छ । भाइरसले आफै शरीर प्रवेश गर्न सक्दैन । शरीरमा प्रवेश गर्ने बितिकै भाइरसले सेल रेसेपटरमा जोडिन्छ र स्ट्रेटेड मांसपेसीमा संख्या बृधि गरी स्नायु प्रणालीका कोषमा संक्रमण गर्छ । भाइरसretrograde axoplasmatic transport mechanisms मार्फत केन्द्रीय स्नायु प्रणालीमा प्रवेश गर्छ । संक्रमित पशुको आधारमा दुवै मोटर र सेंसरी फाइबरमा संक्रमण गरेको हुन्छ ।
केन्द्रीय स्नायु प्रणालीमा पुगे पश्चात भईरस रेप्लीकेट हुन्छ र स्नायु कोषमा असर गर्न थाल्छ फेरी बाह्य स्नायु प्रणालीमा भाइरस फैलिन थाल्छ लक्षणहरु देखाउने समयमा भाइरस शरीरको बिभिन्न भागमा फैलिसकेको हुन्छर थुकमा समेत धेरै मात्रामा भाइरस हुन्छ । जसकोटोकाईबाट अन्य स्वस्थ पशुमासर्ने गर्छ यसको संक्रामक अबधि केहि दिन देखि वर्ष सम्म हुन्छ सामान्य रुप मा ३-८ हप्ताको हुन्छ ।
लक्षणहरु( Symptoms)
कुकुर र मानिसमा तिन चरण देखा पर्छ :
उपचार( Treatment)
रोकथाम तथा नियन्त्रण ( Prevention and Control)
प्रतिक्रिया