गुल्मी । गुल्मीमा वन कुखुरा मार्ने क्रममा आफ्नै श्रीमतीलाई गोली लागेपछि बुधबार एक व्यक्ति पक्राउ परेका छन् । दुई दिन अघि जंगलमा वन कुखरा मार्न भनि ताकेको बन्दुकसँगै गएकी श्रीमतिमाथि प्रहार गर्ने श्रीमान दिपक काउछालाई प्रहरीले पक्राउ गरेको हो ।
कार्तिक १५ गते राती करिब १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका–४, बडागाउँ काप्भलाकी ४२ वर्षीया बसन्ती काउछालाई श्रीमानले हानेको राति ढाडमा लागेपछि गम्भीर भाइते भएकी छन् । घर नजिकैको धारापानी जंगलमा कुखुरा मार्नसँगै गएका उनीहरु बसन्तीलाई गोली लागेपछि श्रीमान दिपक फरार रहेका थिए ।
बसन्तीको थप उपचारका लागि काठमाण्डौं स्थित नेपाली सेनाको छाउनी अस्पतालमा लगिएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुर्षोत्तम प्रसाद पाण्डेले भने ‘हामीलाई हिजो विहान मात्रै थाह भयो । घाईते श्रीमतिलाई जिल्ला अस्पताल ल्याइयो, श्रीमान भने फरार थिए ।
घाईते श्रीमतीलाई जिल्ला अस्पतालबाट रिफर गरि पाल्पा प्रभास अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौंको छाउने स्थित विरेन्द्र सैनिक अस्पतालमा पठाईएको छ ।’ बसन्तीको शरिबाट ४/५ वटा छर्रा अप्रेशन गरेर निकालिएको छ ।
प्रतिक्रिया