ताजा अपडेट »

बायर्न म्युनिखको च्याम्पियन्स लिगमा लगातार चौथो जित

बुधबार, १७ कार्तिक २०७८

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले लगातार चौथो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले बेनिफिकालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । उनले खेलको २६औं, ६१औं र ८४औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

त्यस्तै सेर्गी ग्नार्बी र लिरोय सानेले एक एक गोल गरेका थिए ।त्यस्तै बेनिफिकाका लागि मोराटा र डरविन नुनेजले एक एक गोल गरेका थिए ।यो जितपछि समुह इ मा बायर्नले लगातार चौथो जित हासिल गरेको छ । बायर्नको चार खेलमा १२ अंक सहित समुह इ मा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै बेनिफिकाको ४ खेलमा ४ अंकसहित समुहमा तेस्रो स्थानमा रहेको छ ।