असोज ११,
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । क्यानको निर्वाचनका लागि बनाइएको स्वतन्त्र कमिटिले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ। नामावलीअनुसार १७ सदस्यीय कार्यसमितिका लागि २९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।
अध्यक्ष पदमा पूर्व अध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठ तथा सचिवमा विनोदकुमार मैनाली र अशोकनाथ प्याकुरेलले प्रतिस्पर्धा गर्ने भएका छन् । मिङ्मा र बिनोदकुमार मैनाली पाण्डे पक्षका हुन भने राजबाबु र अशोकनाथ प्याकुरेल पक्षका हुन। कोषाध्यक्षमा चन्द पक्षबाट रोशनकुमार सिंह र पाण्डे पक्षबाट उपेन्द्र भट्टराईले उम्मेदवारी परेको छ। महिला सदस्यमा जयन्ती भट्ट रहेकी छिन् । निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि २स्३० बजेको समय छुट्याएको छ ।
४ बजेसम्म नजिता घोषणा गरिने कार्यतालिकामा उल्लेख छ। खुल्ला सदस्यमा अर्जुन पौडेल, बिरेन्द्रवहादुर चन्द, धिरेन्द्र साउद, दुर्गा राज पाठक,जगत बहादुर टमटा, करन महोत्रा छेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल प्रफुल्ल बैद्य र संजय राज सिंहले उम्मेदवारी दिएका छन्। प्रदेश १ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट, प्रदेश २ मा दाउद अन्सारी, प्रदेश ३ मा अमितबिर पाण्डे, कैलाश प्रधान, प्रदेश ४ मा ऋषिराम गौतम, प्रदेश ५ मा प्रसान्तबिक्रम मल्ल, प्रदेश ६ मा पदमबहादुर खड्का र प्रदेश ७ मा बिक्रम बिष्टले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया